२०८३ जेष्ठ ३० गते शनिवार

बिलबिजकबिनै बिक्री गरिँदै गरेका ७७ हजारका रेडिमेड कपडा बरामद

फोटो फाईल

दाङ, २९ जेठ । दाङको लमही नगरपालिका ९ तल्लो अमिलिया टोलमा बिलबिजक प्रक्रिया पूरा नगरी बिक्री–वितरण गरिँदै आएका विभिन्न प्रकारका रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले भित्री सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्लास्टिकका दुई वटा झोलामा राखी गाउँ–टोलमा खुला रूपमा रेडिमेड कपडा बिक्री–वितरण गरिरहेको अवस्थामा सामान फेला पारेको थियो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा अन्दाजी ७७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा बरामद गरिएको हो। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा सुचना अधिकारी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया