२०८३ जेष्ठ २८ गते बिहिवार

आज सुनचाँदीको भाउ तोलामा पाँच हजार बढिले घट्यो

फोटो फाईल

काठमाडौ,२८ जेठ । आज पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामै ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार
प्रतिक्रिया