२०८३ जेष्ठ २६ गते मङ्गलवार

पूर्वी तथा मध्य भेगमा वर्षा, तराईमा धेरै गर्मी

काठमाण्डौ, २६ जेठ ।  गएराति देशको पूर्वी तथा मध्य भेगमा पानी परेको छ । पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो नेपालगञ्ज, दिपायल र धनगढीमा सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जको तापक्रम ४० दशमलव ८ डिग्री र धनगढी र दिपायलमा ३९ डिग्री सेल्सियस मापन भएको छ । महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिमबाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ ।

आज देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँ, मधेश प्रदेश र बाँकी हिमाली भेगका एक–दुई ठाउँमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार
प्रतिक्रिया