२०८३ जेष्ठ २५ गते सोमवार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु,विपक्ष दलका शिर्ष नेताहरु गएनन्

फोटो फाईल

काठमाण्डौ, २५ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकमा अनुपस्थित भएका हुन् ।

ती पार्टीका अरु नेताहरु भने बैठकमा गएका छन् । सर्वदलीय बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । संसदको गतिरोध र पछिल्ला राजनीतिक विषयमा छलफल गर्नका लागि रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया