२०८३ जेष्ठ २३ गते शनिवार

प्रधानमन्त्री शाहको अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पाटीको विरोध प्रर्दशन

काठमाण्डौ, २३ जेठ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवादसम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ । पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्नेक्रममा ‘नेपालले पनि भारतको भूमी मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

अभिव्यक्ति पछि विपक्षी दल तथा नागरिक अगुवाहरुले प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले नेपालको भूमी अरूलाई पनि मिच्न नदिने र नेपालले अरुको भूमी मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धर्ना दिइराख्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया