२०८३ जेष्ठ २२ गते शुक्रवार

दाङमा फरार प्रतिवादी एकैदिन पाँच जना पक्राउ

फोटो फाईल

तुलसीपुर, २२ जेठ । जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादी पाँच जनालाई पक्राउ गरेको छ । अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य अनुसार खोजीकार्य गर्ने अभियान अन्र्तगत विहिवार एकैदिन पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी तथा डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।

विभिन्न मुद्दामा अदालतले दोषी ठहर गर्दै फैसला गरी फरार रहेका रहेका पाँच जनालाई २६ लाख ४ हजार रुपैया जरिवाना र २ बर्ष २ महिना कैद सजाय सुनाएको थियो । पक्राउ परेका उनीहरुलाई फैसला कार्यन्वयनका लागी अदालतमा बुझाएको डिएसपी केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया