२०८३ जेष्ठ २० गते बुधवार

तुलसीपुरमा दुई दिनको अवधीमा लागुऔषध सहित ५ जना पक्राउ

फोटो फाईल

तुलसीपुर, २० जेठ । दाङको तुलसीपुरमा वितेको दुई दिनको अवधीमा पाँच जनालाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लगातार दुई दिनको अवधीमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । तुलसीपुर ३ दमारगाउँका बरुण गुरुङलाई लागुऔषध ब्राउन सुगर सहित मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लागु औषध बिक्री बितरण गरिरहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले २७ बर्षिय गुरुङलाई १ ग्राम ९६० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

यस्तै  प्रहरीले  सोमवार लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । तुलसीपुर ६ झुमरेबाट उनीहरुलाई पक्राउ गरेको थियो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले खोजतलास गर्नेक्रममाा तुलसीपुर ६ का २५ बर्षिय पबित्र डाँगी , सोहि वडाका २६ बर्षिय गोबिन्द बुढा मगर, तुलसीपुर ७ बस्ने ३० बर्षिय कमल के.सी र २७ बर्षिय रिगल महतरा क्षेत्री रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट लागु औषध ब्राउन सुगर जस्तो पदार्थ – १० ग्राम १९० मिलिग्राम, ८ थान मोबाइल र ३,८४५ रुपैया नगद समेत बरामद गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया