२०८३ जेष्ठ १७ गते आइतवार

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति विवादित,चौतफी आलोचना- विपक्षद्धारा विरोध

फोटो फाईल

काठडमाडौ, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्तामार्फत समाधान हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई अधिकारिक कूटनीतिक नोट पठाएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो ।

यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो । उहाले केहि समय अघि मात्रै नेपालले पनि भारतको भुमी मिचेको थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो । तर उहाँको यो भनाइमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो । प्रधानमन्त्रीले तथ्यविना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ । नेपाली कम्युनिस्ट पार्टी -नेकपा)का सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भारतको भूमि मिचेका छौँ भन्नु सामान्य विषय नभई यो सच्याउनुपर्ने माग गर्नुभयो ।

यस्तै प्रधानमन्त्री शाहको अभिव्यक्ति प्रति सामाजिक संजाल मार्फत आलोचना हुन थालेको छ । देशको जिम्मेवार व्यक्तिले गैरजिम्मेवार जवाफ दिएको भन्दै कडा टिप्पनी भईरहेको छ । भारतले नेपाली भुमि मिचेको भन्दै फिर्ता ल्याउन माग बढिरहेको बेला प्रत्रानमन्त्री स्वयमले भारतको जमिन नेपालले पनि मिचेको भनेपछि उहा अहिले विवादित बन्नु भएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
प्रतिक्रिया