फोटो फाईल
तुलसीपुर, १६ जेठ । सल्यानमा वहुविवाह मुद्दामा फरार भएका एक जना अभियुक्त दुई वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा शारदा नगरपालिका वडा नम्वर ६ मदनकाडा घर भई हाल तुलसीपुर १६ डुरुवामा बस्दै आएका ५० बर्षिय मदन केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
फरार केसीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा हिजो शुक्रवार पक्राउ गरिएको उहाले जानकारी दिनुभयो । जिल्ला अदालत सल्यानले वहुविवाह मुद्दामा केसीलाई दोषी ठहर गर्दै २०८१ बैशाख २४ गते दुई वर्ष छ महिना कैद सजाय र बिस हजार जरिवाना फैसला गरेको थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार






