२०८३ जेष्ठ १४ गते बिहिवार

आजदेखि लगातार चार दिन सार्वजनिक बिदा

फोटो फाईल

काठमाडौ, १४ जेठ । बकर इद (इद-उल-अज्हा) र गणतन्त्र दिवसको अवसरमा आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ । पर्व, दिवस तथा साप्ताहिक बिदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक कार्यालयका सेवाहरू सोमबार मात्रै सञ्चालनमा आउने भएका छन् । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा आज जेठ १४ गते देशभर सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगको सिफारिसका आधारमा बिदा दिने निर्णय गरिएको जनाएको छ ।

आज बिहीबार बकर इदको सार्वजनिक बिदा परेको छ भने भोली शुक्रबार जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवा बन्द रहनेछन् । सरकारी तथा सार्वजनिक सेवाहरू आउदो सोमबार जेठ १८ गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया