ए आई मार्फत तस्विर
दाङ,१३ जेठ । मेरो प्रेमिलाई बोलाईदेउ भन्दै नेपाल टेलिकमको टावरमा चढेकी युवतीलाई प्रहरीले एक घण्टापछि उद्धार गरेको छ । बाँकेको डुडुवा गाउँपालिका–२ जाफरपुरवा निवासी १८ वर्षिया युवतीले आफ्नो प्रेमीलाई बोलाएपछि मात्रै तल ओर्लिने अडान लिएकी थिइन ।
बिहान ६ बजेर ४० मिनेट जाँदा खबर पाएको प्रहरीले ७ बजेर ४५ मिनेट जाँदा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिनुभयो । केटालाई बोलाइदिने भन्दै युवतीसंग मोबाइलमा कुरा गरेर फकाउँदै गरेको प्रहरीले अर्को तर्फ टावरमा प्रहरी चढाउँदै गरेर उनको उद्धार गरेको थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते बुधवार






