२०८३ जेष्ठ १३ गते बुधवार

रोल्पामा बेवारिसे एक पुरुष मृत फेला

फोटो फाईल

दाङ, १३ जेठ । रोल्पामा वेवारिसे अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार माडी गाउँपालिका २ नाङखोला स्थित घर्तिगाउँको भित्रि सडकबाटोमा मंगलवार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४०/४५ बर्षिय पुरुषको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ ।

मृतक पुरुषको शवलाई रोल्पा अस्पताल रेउघाको शव गृहमा रोखीएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार अन्दाजी ५ फिट २ ईन्च उचाई, नाईक लेखेको टिर्सट लगाएको, गहु गोरो हुलिया रहेको रहेको छ । मृतकको पहिचान हुन समस्या भएकाले आफन्तीहरु भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते बुधवार
प्रतिक्रिया