काठमाडौ, ११ जेठ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ ।सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्नुभएको छ । उहाका अनुसार, नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने लगायतका ४ वटा निर्णय भएका छन् ।
बैठकले नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र -लेटर अफ रिप्लाई) स्वीकृत गर्ने, आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्ने, सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।





