काठमाडौं,११ जेठ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलामा १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो १ सय ५ रुपैयाँले घटेको चाँदीको भाउ आज १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार १० रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार





