२०८३ जेष्ठ ८ गते शुक्रवार

ईप्रका तुलसीपुरको अतिक्रमित जग्गाका संरचना स्थानियवासीले १५ दिनभित्र आफै खाली गर्ने

फोटो फाईल

तुलसीपुर, ८ जेठ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको जग्गा अतिक्रमित गरी बनाईएका संरचना स्थानिय टोलवासीले आफै हटाउने सहमती गरेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता श्रेष्ता भएको नक्सा नम्वर ५ घ किता नम्वर २६८३ ज को १८६२.४६ वर्गमिटर क्षेत्रफलमा रहेको जग्गा मध्ये उत्तरतर्फको केहि जग्गा अतिक्रमित गरी बनाईएका घरटहरा तुलसीपुर ५ हिमाल टोल विकास संस्थाका स्थानिय टोलवासीहरुले आफै १५ दिन भित्र खाली गराउने निर्णय गरेका छन् ।

टोल विकास संस्थाका अध्यक्ष पर्साराम वलीको अध्यक्षतामा बसेको बैठकले अतिक्रमित गरी बनाईएका घरटहराहरु घरधनी आफैले खाली गर्ने निर्णय गरेको छ । साथै प्रहरीले दर्ता श्रेष्ता बाहेक प्रति ऐलानी जग्गामा बसोवास गरी संरचना बनाएको क्षेत्रमा केहि नगर्ने निर्णय भएको टोल विकास संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया