फोटो फाईल
तुलसीपुर, ८ जेठ । दाङमा प्रहरीले एक हप्ताको अवधीमा फरार २६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा मुद्दा फैसला भई फरार भएका प्रतिवादीहरुको खोजीकार्य गर्ने क्रममा जेठ १ गतेदेखी ७ गते सम्म एक हप्ताको अवधीमा २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
जिल्ला तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई १ लाख २२ हजार ८ सय ५० रुपैया जरिवाना र दुई वर्ष छ महिना कैद सजाय तोकिएको छ । पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराहीमा पठाईएको डिएसपी बोहराले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार





