तुलसीपुर, ७ जेठ । सडक डिभिजन दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सिमा अतिक्रमण गरी बनाईएका संरचनाहरु हटाउन १५ दिने सुचना जारी गरेको छ । डिभिजन अन्र्तगत पर्ने विभिन्न सडक सिमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरुले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाईएका घर,टहरा र पर्खालहरु हटाउन जारी सुचनामा भनिएको छ ।
सडक सिमा अतिक्रमित हुदा सवारी आवगमनमा असर पुगेको भन्दै डिभिजनले सुचनालाई वेवास्ता गरे कानुनी कारवाही गरिने सुचनामा उल्लेख छ । डिभिजनले जारी गरेको सुचनामा महेन्द्रराज मार्गको -धानखोला देखी शिवखोला सडकखण्ड, हुलाकी राजमार्गको -गढवा -राजपुर सडक, मदन भण्डारी राजमार्गको सितलपाटी -खलङगा -बालुवासंग्रही सडकखण्ड, मुर्कृटी – घोराही -तुलसीपुर -काल्चे सडकखण्ड,भालुबाङ -गनाहा- सडकखण्ड, शहिदमार्गको -कोईलावास -लमही -घोराही सडकखण्ड, राप्ती राजमार्गको -अमेलिया -तुलसीपुर -सितलपाटी खौलापास सडकखण्ड र रारा राजमार्गको -थारमारे -चौरजहारी सडकखण्डको सिमा अतिक्रमण भएको उल्लेख गरेको छ ।






