फोटो फाईल
तुलसीपुर, ५ जेठ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको सरुवा भएको छ । गृह मन्त्रालयले आज अर्याल सहित ६ जना सहसचिवको सरुवा गरेको हो । गृह मन्त्रालयका अनुसार अर्यालको जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको हो । गतवर्षको भदौ १२ गते दाङमा प्रमुख जिल्ला अधिकारीका रुपमा आउनु भएका अर्यालको दश महिनामै सरुवा भएको हो । उहाको सरुवा भएपछि प्रमुख जिल्ला अधिकारीका रुपमा भैरहवा विमानस्थल कार्यालयमा कार्यरत निश्चलराज पाण्डे आउनु हुने भएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार





