२०८३ जेष्ठ ४ गते सोमवार

अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

काठमाण्डौ, ४ बैशाख ।  गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार अब ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय १५ रुपैयाँ र मध्यमको ४८५ रुपैयाँ फार्मदर कायम गरिएको छ ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र मध्यम अण्डा ४ सय ३५ रुपैयाँ थियो । दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको संघको भनाइ छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार
प्रतिक्रिया