फोटो फाईल
काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी -एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज ३३ औँ स्मृति दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाउदैछ ।मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना गरिएको छ ।
यस्तै देशभर जिल्ला र पालिका कमिटिले पनि मदन–आश्रितको स्मृति दिवस मनाउदैछन् । आजको दिनमा मदन र आश्रितको योगदानको चर्चा, विचार गोष्ठि वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार


















