दाङ २९ बैशाख । आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रोल नं. १’ को प्रचारप्रसार अन्तर्गत दाङमा साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा चलचित्र टिमले फिल्मको कथा, उद्देश्य र सामाजिक सन्देशबारे जानकारी गराएको थियो। कार्यक्रममा कलाकार मुकुल भुसाल, रेनुनाथ योगी, सुसाङ्क मैनाली तथा चर्चित हास्यकलाकार कर्म लामाको विशेष उपस्थिति रहेको थियो।
सहभागी कलाकारहरूले ‘रोल नं. १’ ले समाजका यर्थात घटनालाई समेट्दै दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने बताएका थिए । नेपाली चलचित्र क्षेत्रमा मौलिक कथा र सामाजिक विषयवस्तुमा आधारित फिल्म निर्माणको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै ‘रोल नं. १’ त्यही प्रयासको एउटा उदाहरण भएको बताएका थिए । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाकी अध्यक्ष निरला गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव यकराज भण्डारीले गर्नु भएको थियो।


















