तुलसीपुर, २७ बैशाख । नेपाली कांग्रेस परित्याग गर्नुभएका तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। पार्टी सभापति रवि लामिछानेले आज रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गर्नुभएको थियो।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुनु भएका रिजालले तिन दशक लामो राजनीतिक यात्रा अन्त्य गर्दै यहि बैशाख १६ गते काग्रेस पार्टि परित्याग गरेको घोषणा गर्नुभएको थियो । व्यक्तिगत व्यवसायीक कारण देखाउदै पाटी छोडेको घोषणा गर्नुभएका रिजालले आज एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो ।
प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार


















