तुलसीपुर, २६ बैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी आज-शनिवार) मतदान भएको छ । निर्वाचन समितिका अनुसार विहान ८ बजेदेखी सुरु भएको मतदान बेलुका पाँच बजे सम्पन्न भएको हो । संस्थामा कुल ८०४९ जना मतदाता भएकोमा आज भएको मतदानमा ३६७३ मत खसेको मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले जानकारी दिनुभयो ।
संस्थाको आगामी नयाँ नेतृत्वका लागी अध्यक्षमा तिन जना चुनावी मैदानमा छन् ।संस्थाको अध्यक्ष पदमा धुव्र केसी, सुमन शर्मा र किशोर कुमार आचार्य गरी तिन जना चुनावी प्रतिस्प्रर्धामा रहेका छन् । यस्तै संस्थाको एक जना बरिष्ठ उपाध्यक्ष पदका लागी दुई जनाको उमेदवारी परेको छ ।
जसमा भरतमणी पाण्डेय र यशोदादेवी पाण्डेय चुनावी मैदानमा रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।यस्तै एक जना महिला उपाध्यक्ष पदका लागी खुमा कुमारी खड्का, निरजा पोख्रेल र कमला लम्साल गरी तिन जना बिच प्रतिस्प्रर्धा हुने भएको छ । यस्तैगरी सचिव पदका लागी दुई जनाको उमेदवारी परेको छ ।


















