२०८३ बैशाख २६ गते शनिवार

तुलसीपुरका सुनचाँदी व्यवसायी सुनारद्धारा शान्तिनगरका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

तुलसीपुर, २५ बैशाख । तुलसीपुरका एक जना सुनचाँदी व्यवसायीले शान्तिनगरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । जय लक्ष्मी ज्वैलर्सका प्रोप्राईटर तथा तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका सदस्य समेत रहनु भएका विरबल सुनार-निपुन)ले पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्वर ४ जुम्लेकुलामा रहेको सरस्वती आधारभूत विद्यालय विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री पोशाक, झोला र स्टेशनरी वितरण गर्नुभएको हो ।

उहाले आफ्नो जन्मदिनको अवसरमा पारेर विद्यालयमा पोषाक तथा स्टेसनरी सामग्री वितरण गर्नुभएको हो । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई पढ्न सहज होस भन्ने उद्दश्यले शैक्षिक सामग्री सहयोग गरेको उहाले बताउनुभयो । उहाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशेष उपस्थितीमा शैक्षिक सामग्री वितरण गरिएको हो । सो अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकोमा विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया