२०८३ बैशाख २५ गते शुक्रवार

पूर्वमन्त्री सुदन श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं, २५ बैशाख । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । लामो समयको छलफल र राजनीतिक रस्साकस्सीपछि किरातीले आफ्नो समूहसहित श्रम संस्कृति पार्टीसँग एकता गर्ने निर्णय गर्नुभएको हो । यसअघि प्रगतीशिल लोकतान्त्रिक पार्टीमा सक्रिय रहनु भएका किरातीले केही समयअघि मात्रै सो पार्टी परित्याग गर्नुभएको हो ।

दुई पक्षबीच भएको सहमति अनुसार सुदन किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी हस्ताक्षर भएको छ।
एकता प्रक्रियामा किरातीको टिमबाट एक उपाध्यक्ष, एक सचिव र १५ जनालाई केन्द्रीय सदस्य बनाउने तयारी गरिएको बुझिएको छ। बिहीबार राति ललितपुरमा भएको अन्तिम छलफलले यो राजनीतिक समीकरणलाई टुंगो लगाएको हो। यसअघि माओवादी केन्द्रमा रहेका किराती, पार्टी विभाजन र नयाँ ध्रुवीकरणका क्रममा विभिन्न समूहमा सक्रिय रहँदै आएका थिए।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया