२०८३ बैशाख २४ गते बिहिवार

आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौँ, २४ बैशाख ।  आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघ गर्जन चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । हिजो र गए राति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । केही दिनयता लगातार जसो पानी परिरहेको छ । अझै केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया