२०८३ बैशाख २३ गते बुधवार

आज सुनचाँदीको भाउ फेरी बढ्यो

फोटो फाईल

काठमाडौ, २३ बैशाख । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।भाउ बढेर सुन आज तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यसअघि हिजो चाँदीको भाउ तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार
प्रतिक्रिया