२०८३ बैशाख २३ गते बुधवार

दाङमा फरार १२ जना प्रतिवादी पक्राउ

फोटो फाईल

तुलसीपुर, २३ बैशाख । दाङमा फरारको सुचीमा रहेका १२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक हप्ताको अवधीमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएकाको खोजीकार्य गर्ने क्रममा यहि बैशाख १५ गतदेखी २१ गतेको अवधीमा १२ जनालाई पक्राउ गरिएको हो ।

अदालतले उनीहरु विरुद्ध ५ हजार जरिवाना र ४ बर्ष ९ महिना १० दिनको कैद फैसला गरेको थियो । सोहि अनुरुप पक्राउ गरी उनीहरुलाई फैसला कार्यन्वयनका लागी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार
प्रतिक्रिया