२०८३ बैशाख २२ गते मङ्गलवार

राष्ट्रपतिद्धारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

फोटो फाईल

काठमाडौ, २२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो ।सरकारले हिजो फेरि दोस्रो पटक यो अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई पठाएको थियो ।

अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ । संवैधानिक परिषद्का ३ सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सिर्जना गर्ने भन्दै यसको आलोचना भइरहेको छ ।योसँगै राष्ट्रपतिले सरकारले पठाएका ८ वटै अध्यादेश जारी गर्नुभएको छ । जारी भएका अध्यादेश अब संघीय संसदमा पेश हुनेछ ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया