फोटो फाईल
काठमाडौ, २० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले बताउनुभयो । उहाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्न लागेको हो ।
पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो ।बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधन लगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार


















