२०८३ बैशाख १४ गते सोमवार

कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेता चयन

फोटो फाईल

काठमाण्डौ, १४ बैशाख । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित हुनु भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभयो । उहा संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुनुहुन्छ ।

कांग्रेसको संसदीय दलको नेतामा दुई महिना लामो रस्साकस्सी चलेको थियो । अन्ततः आज बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आउनु भएको थियो । सोही कारण सहमति जुट्न नसकेपछि दलको नेता चयन गर्न ढिलाई भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार
प्रतिक्रिया