२०८३ बैशाख १४ गते सोमवार

आज सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१४ बैशाख । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ । हिजो ४ हजार ९ सय ९५ मा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार
प्रतिक्रिया