२०८३ बैशाख १४ गते सोमवार

दाङमा प्रहरीको स्विप अप्रेसन : चार दिनमा १६२ जना नियन्त्रणमा

फोटो फाईल

तुलसीपुर, १४ बैशाख । दाङमा प्रहरीले स्वीप अपरेशन चलाउदा डेढ सय बढि मानिसलाई नियन्त्रणमा लिएर लागु औषध दुव्र्यसनी सम्बन्धी आबश्यक अनुसन्धान गरेको छ । लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ बनाउने उद्देश्यले चलाएको स्विप अपरेशन खटिएको प्रहरी टोलीले बैशाख ९ गते देखि १३ गते सम्म चार दिनको अवधीमा १६२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले दिएको विवरण अनुसार १३५ जना पुरुष र २३ जना महिला रहेका छन् । जसमध्ये १५ जना विरुद्ध लागु औषध सम्बन्धी मुद्दा , १ जना चोरी सम्बन्धी र ५ जना अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भईरहेको सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।प्रहरीका अनुसार उनीहरु मध्ये २ जनालाई पुनर्स्थापना केन्द्र पठाएको छ ।

अन्य १३४ जनालाई सम्झाईबुझाई गरी छोडिएको छ भने फरारको सुचीमा रहेका ५ जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ । अदालतबाट विभिन्न समयमा फैसला भई १ बर्ष ३ महिना कैद र ३५०० जरिवाना तोकिएको थियो । साथै प्रहरीले ४० ग्राम ५५० मिलिग्राम लागुऔषध -ब्राउन सुगर) समेत बरामद गरेको जानकारी दिएको छ । प्रहरीले लागु औषध दुर्व्यसन मुक्त समाज वनाउन विभिन्न समयमा सचेतना अभियान संचालन गर्दै आएको र यस अभियानमा सहयोग गर्न आम नागरिकमा अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार
प्रतिक्रिया