२०८३ बैशाख ११ गते शुक्रवार

दाङमा फरार प्रतिवादी २१ जना पक्राउ

फोटो फाईल

तुलसीपुर, ११ बैशाख । दाङमा फरार प्रतिवादी २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार प्रतिवादी २१ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले खोजतलास गर्ने क्रममा दश दिनको अवधीमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

अदालतले पक्राउ परेकाहरु विरुद्ध ५ बर्ष ३ महिना २० दिन कैद र २९ हजार ८५० रुपैया जरिवाना तोकेको थियो । पक्राउ परेकाहरुलाई फैसला कार्यन्वयनका लागी जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार
प्रतिक्रिया