फोटो फाईल
काठमाडौ, ९ बैशाख । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिनु भएको छ । चौतर्फी आलोचना पछि उहाले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाउनु भएको थियो ।
राजीनामा लगत्तै गृहमन्त्रालय पुग्नु भएका गुरुङले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिदै आफ्नो गाडी चढेर बाहिरिनु भएको हो ।विवादित व्यापारी दीपक भट्टको साझेदार रहेको विषयमा उहाको नाम जोडिएको थियो । यसलाई लिएर उहामाथि चौतर्फी आलोचना भएको थियो ।
उहाले आफूमाथि निष्पक्ष छानबिनको माग गर्दै राजीनामा बुझाउनु भएको हो । गत चैत १३ गते प्रधानमन्त्री बालेन सरकार गठन पछि उहा गृहमन्त्री बन्नु भएको थियो । मन्त्री बनेको एक महिना नपुग्दै विवादित बनेपछि उहाले पदबाट राजीनामा दिनुभएको हो ।
प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार


















