फोटो फाईल
दाङ, ७ बैशाख । कर्णाली नदीमा डुवेर बेपत्ता भएका बावुछोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उहाका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी) ओमप्रकाश खनालले उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताउनुभयो ।उहाका अनुसार बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो ।
दुवैजना ३ वैशाखमा कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार


















