काठमाण्डौं,३ बैशाख । आज सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज १ सय रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ७ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार












