२०८३ बैशाख २ गते बुधवार

रमजानको अवसरमा यूएईद्धारा १२८ जना नेपालीलाई आममाफी

फोटो फाईल

काठमाडौ, २ बैशाख । संयुक्त अरब इमिरेट्स -यूएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई यूएईले रमजानको अवसरमा आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल सरकारको आग्रहअनुसार अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि यूएई सरकारले माफी दिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया