२०८३ बैशाख २ गते बुधवार

आज सुनको भाउ तोलामा तिन लाख नाघ्यो

फोटो फाईल

काठमाडौ, २ बैशाख । आज पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।आज सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर आज सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको पाँच हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको पाँच हजार ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया