दाङ,२० चैत । दाङमा एक किशोरको शव फेला परेको छ । राप्ती गाउँपालिका–२ निवासी १६ बर्षिय स्मित प्रधानको शव वडा नं-४ गोपीनाला र दोलइ खोला नजिक फेला परेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक पुस्कर सिंह ऐरीले जानकारी दिनुभयो । प्रहरीलाई घटनाबारे दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ । हत्या गरिएको आशंका गरिएको छ ।
मृतक व्यक्तिको शरिरमा घाउँचोट लागेको अवस्था रहेको छ । यस्तै एक व्यक्ति घाईते अवस्थामा भेटिएका छन् । सोही ठाउँनिवासी १६ बर्षिय आयुषमान थापा घाइते भएको र उनको उपचार चलिरहेको छ ।।
प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार




