२०८३ असार १० गते बुधवार

निर्वाचनको लागी हालसम्म ३० लाख मतपत्र छापियो

फोटो फाईल

काठमाडौ, १९ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ अहिलेसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार जम्मा २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै सकिएको छ ।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सकिएको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले अहिलेसम्म १ सय ५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ ।आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमवार
प्रतिक्रिया