२०८३ असोज ५ गते सोमवार

राष्ट्रियसभा सदस्यको चुनाव भोली हुदै

फोटो फाईल
काठमाडौ, १० माघ । राष्ट्रियसभा सदस्यको चुनाव भोलि हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नुभएकोले भोलि १७ पदका लागि चुनाव हुनेछ । सात वटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिइ प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको आयोगले जनाएको छ । आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा भागबन्डा गरेर नेपाली कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा कांग्रेस र एमालेले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन् । भागबन्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुँदैछन् ।
प्रकाशित मिति : २०८२ माघ १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।