२०८३ बैशाख ४ गते शुक्रवार

दंगीशरणका किसानलाइ ५० प्रतिशत अनुदानमा च्याउको बीउ बितरण

दाङ, १० मंसिर ।  दाङको दंगीशरण गाउँपालिका र समृद्ध समाजको संयुक्त साझेदारीमा गाउँपालिकाभित्रका किसानहरूलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिएको छ। गाउँपालिकाले सूचना जारी गरी च्याउको बीउ लिन इच्छुक कृषक समूहहरूलाई माग आव्हान गरेको थियो। सोही अनुसार ६० वटा कृषक समूहले माग गरेको कृषि सहायक अधिकृत मानबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट ५० हजार, समृद्ध समाजबाट ५० हजार तथा किसान स्वयंले १ लाख गरी दुई लाख बराबरको च्याउको बीउ वितरण गरिएको हो ।

बीउ वितरण कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानहरूले प्रविधिमैत्री कृषि उत्पादनमार्फत बढी लाभ लिन सकून् भन्ने उद्देश्यले अनुदानमार्फत कृषि यान्त्रीकरणका सामग्रीहरू प्रदान गर्दै आएको बताउनुभयो । त्यस्तै, उपाध्यक्ष पिमा वलि खड्काले घरमै बस्ने महिलाहरूलाई आय–आर्जनमा टेवा पुग्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिएको बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया