तुलसीपुरमा बिहानै योग र्‍याली फाेटाेमा यस्ताे देखियाे


तुलसीपुर, ६ असार । शान्तिका लागि योग, मानवताका लागि योग भन्ने नारा सहित दाङको तुलसीपुरमा बिहानै र्‍याली निकालिएको  छ ।  नबौँ अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जलि योग समिति दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा ¥यालीको आयोजना गरिएको हो ।

चेतनामूलक विभिन्न नारा लेखिएका ब्यानर, प्लेकार्ड सहित तुलसीपुर उपमहानगरको गेटबाट सुरु भएको र्‍याली तुलसीपुर बजारको जेसिज चोक, विपी चोक, वीरेन्द्र चोक हुँदै पुनः उपमहानगरको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा बालबालिकादेखि वृद्धसमेत सयाैको सहभागिता रहेको थियो । 

 

 

 

 

 

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया