शान्ति समाज र तुलसीपुर उद्योग वाणिज्य संघबीच छलफल

तुलसीपुर,५ जेठ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले निजी क्षेत्रसँग छलफल गरेको छ । शान्ति समाजले आयोजना गरेको उपभोक्ता अधिकारमा निजी क्षेत्रको प्रतिवद्धता विषयक छलफलमा तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विनील केसीले उपभोक्ताको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।  उपभोग्य वस्तुको गुणस्तरीयता, खाद्य सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने  अध्यक्ष केसीले बताउनुभयो । 

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत, दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य मिना रावतले उपभोक्ता हित र निजी क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
शान्ति समाजमा कार्यवाहक सभापति एवम् तुलसीपुर उद्योग वाणिज्य संघका नव निर्वाचित सदस्य कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य शाखाका सदस्य तिलसरा पुन र सञ्चालन सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया