
तुलसीपुर,२९ पौष । भोलि माघ १ गते माघे सङ्क्रान्तिको तयारीका लागी तुलसीपुर बजारमा चहलपहल बढेको छ । विभिन्न सामानहरुको किनमेलसँगै माघे सङ्क्रान्तिमा विशेष परिकारको रुपमा खाईने कन्दमूल जात तरुल, पिँडालु, सखरखण्ड लगायत किन्नेको भिड लागेको छ ।
तुलसीपुर बजारका विभिन्न चोेक चोकमा तरुल,सखरखण्ड विक्रिका लागी व्यवसायीहरु व्यस्त देखिन्छन् । रोल्पा,सल्यान,रुकुम,तुलसीपुर लगाएत क्षेत्रबाट तरुल,सखरखण्ड लिएर विक्रि गरिरहेको व्यवसायीहरु बताउँछन् ।
प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार