
फाइल फोटो
काठमाण्डौ,२१ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन दुई दिनको खेल मात्रै रहेको बताउनुभएको छ । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट बनेको पाँचदलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाउनुभयो । पाँचदलीय गठबन्धन भ्रमको खेती भएको उहाँको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै अध्यक्ष ओलीले स्थायी कुरा जनताको आदेश रहेको बताउनुभयो । आगामी निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने पनि उहाँले बताउनुभयो । पाँच दलिय गठबन्धन धेरै समय नटिक्ने अध्यक्ष ओलीको दाबी थियो ।
प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार