२०८३ बैशाख १९ गते शनिवार

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमले जित्यो

काठमाडौ, १९ बैशाख । प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत पुरुषतर्फको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज त्रिपुरेश्वरको कभर्डहलमा भएको फाइनल खेलमा पुरुषतर्फ रुकुमले हेल्प नेपाललाई ३–० को सोझो सेटमा हराएको छ ।

रुकुमले पहिलो सेट २९–२७, दोश्रो सेट २५–२१ र तेश्रो सेट ३२–३० ले हरायो । यस्तै पुलिसले न्यु डायमन्ड युथ स्पोट्र्स क्लब ३–१ को सेटमा हराउँदै चौथो पटक उपाधि जितेको छ । पुलिसले पहिलो सेट २५–२१, तेश्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जित्यो भने न्यु डायमन्डले दोश्रो सेट २५–१७ ले जित्यो ।उपाधिसँगै पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ पुलिसले समान १० लाख तथा उपविजेता पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमन्डले समान ५ लाख रुपैयाँ पाएका छन् ।

लिगमा पुरुषतर्फ आठ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका हुन् ।अब एनभीए लिगको पुरुषतर्फको विजेता रुकुम पश्चिम र महिलातर्फको विजेता नेपाल पुलिस क्लबले सेन्ट्रल एशियन भलिबल एसोसिएसन -काभा)ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । नेपाल भलिबल संघ -एनभीए)को आयोजनामा खेल गएको वैशाख १० गतेदेखि शुरु भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया