घोराही, बैशाख २२ ।
तरुण दल दाङका जिल्ला सदस्य घोराहि उपमहानगरपालीका १६ निवासी धिरेन्द्र शाह‘धिरज’ले आफ्ना जन्मदिनको अवसर पारेर घोराहि तेरौटे स्थीत बृद्धाश्रममा खाद्यान्न सामग्रीहरु वितरण गरेका छन । युवाहरुमा पार्टी मोह तथा बजारमा अनावश्यक खर्च गर्ने प्रवृत्ति मौलाईरहेको अवस्थामा शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर शाहले धर्मपत्नि सुनीता शाह तथा साथीभाई सहित बृद्धाश्रममा पुगेर सहयोग गरेका हुन ।
उनले बृद्धाश्रममा रहेका दुइ दर्जन बढि बृद्धबृद्धाहरुलाई तरकारी,फलफुल,चामल,दाल तथा नास्ता भुजा,गर्मिको लागी झुलहरु समेत वितरण गरेका थिए । समाज प्रतिको दायीत्व निर्वाहमा युवाहरुले विशेष ध्यान दिनु आजको आवश्यकता भएको बताउदै शाहले विगतदेखि नै आफुले सामाजीक उत्तरदायित्व प्रति विशेश रुचि देखाएको र आउदाँ दिनमा समेत आफ्नो बलबुताले भ्याउदा सम्म समाजसेवामा लाग्ने बताएका छन् ।