तुलसीपुर, १९
नेकपा एमाले तुलपुर उपमहानगरपालिका वडा नम्वर ६ को कार्यक्रता भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष यज्ञ बहादुर वस्नेतको अध्यक्षता एवं जिल्ला अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको भेलाले वडा कमिटीलाई पुर्नगठन गरेको छ । भेलाले पुन यज्ञबहादुर वस्नेतको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा धनबहादुर पुन,सचिवमा दुजमान भण्डारी(वर्षात) सहसचिवमा शुसिला वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा यमुना परियार, खिमलाल भुसाल,हरी बहादुर वली, हरीकला मियाँ, छविलाल भण्डारी, याम केसी, विष्णु सुवेदी लगाएतका रहेका छन् । भेलालाई संवोधन गर्दै प्रमुख अतिथि खड्काले अबको निर्वाचनमा एमालेलाई कुनै शत्तिले रोक्न नसक्ने बताए ।
यसैगरी तत्कालिन तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डीराज लामिछानेले यस क्षेत्रको विकासका लागि एमालेको विकल्प नभएको बताए । सो अवसरमा केन्द्रिय सहकारी विभागका सदस्य घनश्याम पाण्डे,सचिव हिराचन्द्र केसी,स्कुल विभाग प्रमुख मनोहर बुढाथोकी,जिल्ला सदस्य दामोदर लामिछाने, सुरेश आचार्य, उपमहानगरका सचिव माधव वली, शिक्षक संगठन दाङका अध्यक्ष भागवत पौडेल, युवा नेता नवराज लामिछाने सुरेश रावत, मनोज लामिछाने, यमुना परियार लगाएतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सचिव वर्षात भण्डारीले गरेका थिए । सो अवसरमा वडा नम्वर ६ बाट तुलसीपुर खानेपानीमा विजय हुने अध्यक्ष खेमराज वली, मनोज लामिछाने, तथा युवा परिषद दाङका अध्यक्ष सुरेश रावतलाई सम्मान गरिएको थियो ।।